सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका

Interesting

विगत  दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका  फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन् ।

एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको सूची प्रकाशित गरेको थियो । तेस्रो स्थानमा रहेको ह्वाट्स्एपलाई फेसबुकले सन् २०१४ मा र चौथो स्थानमा रहेको इन्स्टाग्रामलाई सन् २०१२ मा किनेको थियो । ती प्रत्येक एप एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन् ।

सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल र सञ्चारका चार एप एउटै कम्पनीको हुनु भनेको तथ्याङ्कमाथि एकाधिकार हो ।