८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ ।
शुक्रबार साँझ साढे ७ बजे बीबीसी हिन्दी रेडियो सेवाको अन्तिम प्रसारण थियो
नेपालमा पनि बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ र श्रोत माझ लोकप्रिय पनि छ । ।
बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि त्यही कारण मानिएको छ ।
तर स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बीबीसी हिन्दी रेडियोले अन्तिम प्रसारण फेसबुकमार्फत् भिडियो लाइभ गरेको थियो ।
अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए ।
अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइक ढोगेका थिए । यो दृश्यले धेरैलाई भावुक बनाएको छ ।