काठमाडौं, २० माघ । चीनमा अहिले कोरोना भाइरसको महामारी छ । यो रोग चीनको हुबेई प्रान्तको राजधानी वुहान सहरबाट सुरु भएको हो । कोरोना भाइरस अहिले २४ वटादेशमा फैलिसकेको छ । हरेक देशले चीनमा रहेका आफ्नो नागरिकलाई स्वदेशमा फर्काउन थालीसकेका छन् । नेपाल सरकारले आईतबार पत्रकार सम्मेलन गरेर चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिरहेको जनाएको छ ।चीनबाट सुरुभएको कोरोना भाइरसको प्रकोप थुप्रै मुलुकमा फैलिएपछि विश्वभर त्रास छाएको छ । विभिन्न देशले चीनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काई रहेका छन् । नेपालले पनि चीनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको छ । तर चीनबाट आउने नेपालीलाई अलग राख्ने ठाँउको अझै व्यवस्था गर्न सकेको छैन् ।
श्रोतका अनुसार इचंगुनारायणको अपार्टमेन्टमा सुरक्षित अवस्थामा राख्ने व्यवस्था मिलाउन सरकारले नेपाली सेनालाई जिम्मेवारी दिन लागेको छ । तर आधिकारिक रूपमा सरकारी सूचना भने जारी गरिसकिएको छैन ।नेपालमा चीनबाट फर्केका एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने पाँच जनामा नेगेटिभ देखिएका अस्पतालले जनाएको छ । चीनबाट फर्केकालाई अहिले काठमाडौंस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा अलग्गै राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ ।चीनमा कोरोना भाइरसबाट ३ सय ६२ जनाको मृत्यु भइसकेको छ भने साढे १४ हजार जति संक्रमित देखिएको छन् । Corona भाइरसलाई विश्व स्वास्थय संगठनले स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । चीनबाट अन्य देशमा भित्रिने नागरिकहरुमाथि कडा निगरानी अपनाइएको छ ।