वम्जन फेरि बेपत्ता

News

सर्लाही जिल्ला अदालतले यौन शोषणको मुद्दामा वम्जनलाई नियन्त्रणमा लिन आदेश जारी गरेपछि शुक्रबार बिहानै सिन्धुलीस्थित वम्जनको आश्रममा पुगेको प्रहरी टोलीले उनी नभेट्टाएपछि उनका सहयोगीलाई नियन्त्रणमा लिएर फर्किएको छ । सर्लाही जिल्ला अदालतले यौन शोषणको मुद्दामा वम्जनलाई नियन्त्रणमा लिन आदेश दिएको थियो । अदालतले बिहीबार आदेश जारी गरेपछि शुक्रबार बिहानै सिन्धुलीस्थित वम्जनको आश्रममा पुगेको थियो ।  वम्जनमाथि अनुयायीको हत्या, बलात्कार र बेपत्ता पारेको आरोप छ ।