कोरोनाको उपचारमा खटिएका नर्सले गराए सामूहिक कपाल मुण्डन

Health-Education
तिब्र रुपमा फैलिएको कोरोना भाइरसको उपचारका क्रममा  डाक्टर तथा नर्सले रातदिन विरामीको सेवा गरिरहेका छन्।

केही दिनअघि सास्क खोल्दा डाक्टर तथा नर्सको अनुहारमा घाउ भएको दृष्य बाहिरीएको थियो।

आफ्नो स्वास्थ्य खाल नगरी विरामीको सेवामा खटिएका डाक्टर तथा नर्सका दर्दनाक दृष्य सार्वजनिक भइरहेका छन्।

यसै क्रममा डाक्टर तथा नर्सले आफ्नो कामलाई सहज बनाउन आफ्नो कपालनै मुण्डन गराएको भिडियो तथा फोटोहरु सार्वजनिक भएका छन्। चाइना सिन्हा न्यूजका अनुसार २६५ डाक्टर तथा नर्सले आफ्नो कपाल काटेका छन्।

यसै क्रममा केही नर्सले आफ्नो कपाल मुण्डन गराइसकेको भिडियो पनि सार्वजनिक भएको छ।