नेपाल धार्मिक र साँस्कृतिक सम्पदामा मात्र होइन, आयुर्वेदिकमा पनि धनी छ । यहाँ आयुर्वेदका आफ्नै सूत्र र प्रविधि छन् ।
विश्वकै दुर्लभ मानिने जीवनारायणी तेल बनाउने लगायतका मल्लकालीन भाँडोहरु, भैरवको मूर्ति रहेको भाँडोमा मानिससहित जीवजन्तु, चराचुरुङ्गी र बहुमुल्य विभिन्न जडीवुटी हालेर जीवनारायणी तेल बनाइन्छ भन्नेकुरा जेष्ठ कविराजहरुबाट सुन्न पाईन्छ। तर, राणाकालपछि त्यसरी तेल बनाइएको छैन ।
यो पुरातात्विक र ऐतिहासिक महत्वको भाँडोहरु संरक्षण गर्ने सके लिच्छवीकाल भन्दा अगाडीको नेपालको आयुर्वेदको इतिहासलाई लिपीवद्ध गर्न सकिन्छ।
यो भैरवको मूर्ति रहेको भाँडो पनि अब इतिहास भइसकेको छ । तर, पुरातात्विक र ऐतिहासिक महत्वको जीवित इतिहास बोकेको भाँडोको संरक्षण भने हुन सकेको छैन ।
भृकुटीले नेपालबाट बौद्धधर्म सँगै आयुर्वेदको भण्डार पनि तिब्बत लगेको विश्वास गरिन्छ। यहि जगमा आज तिब्बेतियन मेडिसिन विश्वमा फैलिएको छ, तर नेपालमा भने अहिले सिंहदरवारमा मात्र सिमित छ ।
प्रताप मल्लको समयमा हनुमानढोका दरबार, जंगबहादुरको पालामा थापाथली दरबार, वीरशमशेर र चन्द्रशमशेरको समयमा सिंहदरबार वैद्यखानामा मुख्यरुपमा व्यक्तिगत र केहीमात्र बाहिरी प्रयोजनका लागि आयुर्वेदिक औषधि उत्पादन गरिन्थ्यो ।
सोही समयदेखि लिखितरुपमा सूत्र र विधिसहितको ‘तर्किव किताब’हरु सिंहदरबार वैद्यखाना विकास समिति सुरक्षित छन् । तर, नेपालमा यीबाहेक वैद्यहरुसँग आ–आफ्नै सूत्र र विधिहरुसमेत रहेका छन् ।
यस्ता पुरातात्विक र ऐतिहासिक महत्वका भाँडाहरुको संरक्षण गर्नु राज्यको दायित्व हो ।
नेपालमा भने समय र आवश्यकताअनुसार ज्ञान र प्रविधिको विकास नहँुदा भइरहेका सामग्री जोगाउनसमेत मुस्किल भएको छ ।
