विमान स्थलमा ”पर्यटन परि”

Interesting News

संस्कृति पर्यटन तथा नागरिक उडयान मन्त्री योगेश भटराईले मुलुककको एक मात्र अन्तराष्ट्रिय विमान स्थलमा राखिने रोर्बटको उद्दघाटन गर्दे  यात्रुहरुलाई सहजता प्रदान गर्न यस रोर्बटले सहयोग गर्ने वताउनु भयो ।

विमान स्थलको अध्यागमन प्रणालीमा सुधार गरिएको उल्लेख गर्दे मन्त्री भटराईले स्रोतको सिमितता भएपनि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल सहित अन्य विमानस्थललाई सुविधा सम्पन्न वनाउदै लगिने वताउनु भयो ।

नेपाली प्रविधिकहरुले निर्माण गरेको रोर्बटले विभिन्न सुचनाहरु उपलब्ध गराउँछ । नेपाली , अंग्रेजी र चाईनिज गरि तीन भाषामा रोर्बटले प्रयोगकर्तालाई सुचना उपलब्घ गराउने नेपाल नागरिक उडडयान प्राधिकरणले जनाएको छ । प्राधिकरण , नेपाल पर्यटन वोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयको संयुक्त खर्चमा रोर्बट तयार पारिएको हो । ”पर्यटन परि” नाम दिएको दुई वटा रोर्बट पाईला टेक्नोलाजीले निर्माण गरेको हो ।

अन्तराष्ट्रिय विमानस्थलमा राखिएका रोर्बटले नेपाल आउने पर्यटकहरुलाई नेपालको वारेमा जानकारी लिन सहज हुने वताईएको छ । विमान स्थलमा आईपुगेका पर्यटकले जानकारीका लागि कर्मचारीसँग सोधिरहनु पर्ने बाध्यता यस रोर्बटले हटाईदिने छ ।