ट्रम्पको भारत भ्रमण : ४८० करोडका संचार उपकरण

International

अमेरिकी डोनाल्ड ट्रम्प २४ र २५ फेब्रुअरीमा भारत भ्रमणमा आउने दिन नजिकिदै गर्दा ट्रम्पको सुरक्षाका लागि अमेरिकी सेक्रेट एजेन्सीले भारतका विभिन्न ठाउमा जडान गरेको संचार उपकरणको चर्चा पनि निकै भएको छ । रिपोर्टका अनुसार ट्रम्पको दुई दिने भ्रमणका लागि नेपाली रुपैया ४८० करोड लागत बारबरको संचार उपकरण जडान गरिएको उल्लेख गरिएको छ ।

यसका लागि अमेरिकी सेक्रेट एजेन्सीले एक महिना अघि नै इजाजत लिएको उल्लेख गरिएको छ । दुई दिनको भ्रमणका लागि जोडिएका ती संचार उपकरणको सहायताबाट राष्ट्रपति ट्रम्पले विश्वका कुनै पनि देशमा कुराकानी, भिडियो कन्फेरेन्ससहित स्पेस एजेन्सीहरुसँग समेत सजिलै कुराकानी गर्न सक्ने बताइएको छ । साथै जस्तो सुकै आपतकालमा समेत काम गर्ने यी संचार उपकरणको सहायताले ट्रम्प भारतमा रहदा पनि अमेरिकामा आफ्नो कार्यालयमा रहे जस्तै सुबिधा हुने बताइएको छ ।

यी उपकरण राष्ट्रपति ट्रम्पले भ्रमण गर्ने भारतीय शहर अहमदावाद, नयाँ दिल्ली र आगरामा जडान गरिएका यी उपकरण ट्रम्प चढ्ने गाडीमा समेत जडान गरिएको छ ।

यँहासम्मकी यी उपकरण जडान गर्दा दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत सहभागिता रहेको बताइएको छ ।

राष्ट्रपतिको भ्रमण सकिएपछि यी उपकरण फिर्ता लैजाने बताइएको छ ।