इंस्टाग्राममा विराट र प्रियंका,कति कमाउछन् ?

Entertainment

मुम्बई । बलिवुडबाट हलिवुडमा जमिरहेकी अभिनेत्री प्रियंका चोपडाले सामाजिक संजालमा पनि आफ्नो दबदबा बनाएकी छन् ।

हालै प्रियंकाको सामाजिक संजाल इंस्टाग्राममा ५० मिलियन अर्थात ५ करोड फलोअर्स बनेका छन् । योसँगै प्रियंका इंस्टाग्राम धेरै फलोअर्स हुने बलिवुड अभिनेत्री बनेकी छन् ।

त्यस्तै उनी भारतमा भारतीय क्रिकेट कप्तान विराट कोहलीपछि दोस्रो धेरै फलोअर्स हुने भारतीय बनेकी छन् । विराट कोहलीको केहि साता अघि मात्र इंस्टाग्राममा ५० मिलियन फलोअर्स पुगेका थिए । अहिले विराटको इंस्टाग्राममा ५०.४ मिलियन फलोअर्स पुगेका छन् ।

कोहली र प्रियंकापछि तेस्रो धेरै फलोअर्स भएकी भारतीय अभिनेत्री दीपिका पादुकोण हुन् । उनको इंस्टाग्राममा ४४.२ मिलियन फलोअर्स रहेका छन् ।

२०१९ मा इंस्टाग्रामको रिच लिष्टमा विराट र प्रियंकाले ठाउ बनाएका थिए । विराटले इंस्टाग्राममा प्रति स्पोन्सर पोष्टको एक करोड ३५ लाख भारतीय रकम चार्ज गर्ने गर्दछन् भने अभिनेत्री प्रियंकाले पनि त्यति नै चार्ज गर्ने गर्दछिन् ।