प्रधानमन्त्रीको जन्मदिनमा आठराई गाउँपालिकामा सार्वजनिक बिदा

News

प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनमा जन्मथलो आठराई गाउँपालिका–४ इवामा विभिन्न कार्यक्रम हुने भएकोले गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

प्रधानमन्त्रीओलीले आइतबार आठराईको सुकेपोखरीबाट जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँघुबाट ताप्लेजुङको दोभान जोड्‍ने करिब १ सय किलामिटर दूरीको मदन भण्डारी मार्गको शिलान्यास गर्ने कार्यक्रम छ। साथै आठराई क्षेत्रका ७० वर्ष कटेका ४ सय जेष्ठ नागरिकलाई सम्मान गर्ने र गाउँपालिकाभित्रका विभिन्न विद्यालयका १ हजार २ सय जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ । इवाका सबै विद्यार्थी र अन्य वडाका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि छ।आफू जन्मिएको घरमा प्रधानमन्त्री ओली तेस्रो पटक आउन लागेका हुन्।