विराट एक्स्पो सम्पन्न

Economy

विराटनगरमा आयोजित विराट एक्स्पो–२०७६ समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो ।

गत फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रर्दशनी शनिवारबाट समापन भएको हो ।

उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा आयोजित ९ दिने अन्र्तराष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्य अनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको छ ।

एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रर्दशनी अवधिभरा मा ३ लाख २५ हजार जनाले अवलोकन गरेको तथा १ अर्बको कारोबार भएको आयोजकले जानकारी दिएका छन् ।

विराटनगर–२ स्थित शंकरपुरमा आयोजना गरिएको एक्स्पोमा ४ सय ६५ वटा स्टलहरु राखिएका थिए । जसमध्ये बंगलादेश, भारत, श्रीलंका, पाकिस्तान र भुटानका ४५ वटा स्टलहरु थिए ।