भारतीय अभिनेत्री सना खान कोरियोग्राफर मेल्विन लुइससँगको ब्रेकअपको कारण चर्चामा छिन्। सनाका अनुसार जब उनलाई मेल्विनले आफूलाई धोका दिइरहेको थाहा पाइन् तब उनले ब्रेकअप गरिन्। उनले आफूले डिप्रेशन र एन्जाइटीको समस्या भोगिरहेको बताएकी छन्। उनी आफू यसबाट बाहिर आउने प्रयासमा रहिरहेको बताएकी छन्। ‘मेरो परिवार मेरो साथमा छ, मैले २० दिनसम्म निन्द्राको औषधि खाएँ,’ उनले भनिन्, ‘भगवानको आशिर्वादले पछिल्लो दुई दिन म आनन्दले निदाउन सकेको छु र म यो कुराले धेरै खुसी छु।’
सँगै उनले भनेकी छन्, ‘सामाजिक सञ्जालमा मेरो प्रोफाइलमा जो मानिसले मलाई अब अगाडि बढ्नुपर्छ भन्ने सल्लाह दिएका छन्, म उनीहरुलाई भन्न चाहन्छु कि यो यति सजिलो छैन। धोकेबाज सजिलै अगाडि बढ्छन्, तर जो सम्बन्धमा प्रतिबद्ध हुन्छन् उनीहरुलाई समय लाग्छ।’
३१ वर्षकी अभिनेत्री सना सन् २०१२ मा भएको ‘बिस बोस ६’ को राम्रो खेलाडी हुन्। यो सँगै उनले चलचित्र ‘जय हो’ मा सलमान खानसँग, ‘ट्वाइलेट एक प्रेम कथा’ जस्ता चलचित्रमा काम गरिसकेकी छन्।