नेकपा अध्यक्ष प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार

News

राष्ट्रियसभा गृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि  जुत्ता प्रहार भएको छ ।  उनलाई ताकेर जुत्ता प्रहार भए तापनि , जुत्ता मञ्चसम्म आइपुगेन र उनलाई जुत्ताले भने लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ । के कारणले जुत्ता प्रहार भएको हो भन्ने केही खुलेको छैन । जुत्ता हान्रे जुम्लाका रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए ।