‘ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेलाई कडा कारबाही’

Economy

Deprecated: Using null as an array offset is deprecated, use an empty string instead in /home/ordersew/english.instakhabar.com/wp-includes/class-wp-block-type-registry.php on line 168

काठमाडौं, ५ चैत । नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्तालाई कडा कारबाही गर्ने जनाएको छ ।

निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति भएको जनाएको छ। बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारण उपभोक्ताहरुलाई भयवित गराइ फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेता आदिको संलग्नता पाइएमा निगमले कडा कारबाही गर्ने पनि बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थहरुको निर्वाध आपूर्ति एवं विक्री वितरण गरिरहेको उल्लेख छ । त्यसैगरी निगमले आगामी दिनमा पनि सम्पूर्ण पेट्रोलियम पदार्थहरु सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध रहेको जनाएको छ ।

निगमले उपभोक्तालहरुलाई हल्लाको पछि लागेर आवश्यक भन्दा बढी ग्यास तथा पेट्रोलियम पदार्थ भण्डारण नगर्न आग्रह गरेको छ । घरमा अनाबश्यक रुपमा प्रज्वलनशील पदार्थहरुको भण्डारण गर्दा सुरक्षा एवं आगजनीको दृष्टिकोणमा समेत असुरक्षित हुने भएकोले सञ्चय नगर्न उपभोक्तालाई निगमले अनुरोध गरेको छ ।