म्याड्रिड: बार्सिलोनाले कोरोनाभाइरसका कारण खेलाडीको पारिश्रमिक कटौती गर्न उपायहरू गरिरहेको छ। Lionel Messi सहित बार्सिलोनाका सबै प्रोफेसनल खेलाडीहरू, तथा अन्य कर्मचारीहरुको लक्दाउन अवधिको पारिश्रमिक अनिवार्य रूपमा कटौती गरिंदै छ । गत मार्च १४ देखि स्पेनमा लकदाउन गरिएको थियो । लकदाउन अवधिमा सर्वसाधारणलाई अत्यावस्यक सामग्री लिनको लागि बाहेक आवतजावत गर्न दिईएको छैन । स्पेनमा १५ दिने लकदाउन सकिएपछि अझै समयावधि थप हुनसक्ने सम्भावना रहेको छ ।इटालीपछि सबैभन्दा बढी कोरोना भाइरस आक्रान्त युरोपेली मुलुक स्पेन हो ।स्पेनमा ५६००० बढी मनिसमा कोरोना संक्रमण भइसकेको छ भने ४००० बढीको मृत्यु भइसकेको छ ।