लकडाउन समयावधी थपियो, २५ गते मध्यरातिसम्म

Health-Education

काठमाडौं । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारले थप ८ दिनका लागि लकडाउन गर्ने भएको छ । आइतवार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

यससँगै चैत्र २६ गते सम्म देशभर लकडाउन हुने भएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

यस्तै बैठकले ज्यालादारी मजदुरी गर्ने निम्न आए भएका नागरिकका लागि राहतको प्याकेज पनि पारित गरेको छ ।

साथै हवाई सेवा भने बैशाख ३ गते सम्मको लागि बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार अपराह्‍न बसेको बैठकले लकडाउनको अवधि बढाउन सरकारलाई सिफारिस गरेको थियो।