काठमाडौं : पशुपति क्षेत्र विकास कोषले गरिब र असहायलाई निःशुल्क शव जलाउन दिने भएको छ। कोषले मुलुक लकडाउन भएको अवस्थामा कसैले पनि असुविधामा पर्नु नपरोस् भनेर यस्तो सुविधा दिने जनाएको हो। काठमाडौं नक्साल बसेर ज्यालादारी गर्दै आएकी भक्तपुरकी २७ वर्षीया रिना श्रेष्ठ पतिको मृत्युपछि पशुपतिस्थित विद्युतीय शवदाह गृह पुग्दा रकम अभावमा समस्यामा परेको समाचार सार्वजनिक भएपछि कोषले यस्तो निर्णय गरेको हो। कोषले वडा कार्यालय वा गाउँपालिकाले सिफारिस गरेको सन्दर्भमा कागजातका आधारमा निःशुल्क शव जलाउने सुविधा दिँदै आएको छ। मुलुक नै लकडाउन भएकाले अवस्था विचार गरेर सुविधा दिने कोषले जनाएको छ ।