Inshwor pokhrel

नागरिकताका आधारमा नेपालीलाई प्रवेश दिइने

News

काठमाडाैँ । स्थानीय तहले बनाएको क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्त सहित नेपालको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिइने भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्त्वमा आइतबार कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बसेको बैठकले भारतीय सुरक्षाकर्मीले नेपालतर्फ पठाएका नेपाली नागरिकलाई नागरिकता हेरेर मात्र नेपाल प्रवेस गर्न दिने निर्णय गरेको हो।

लकडाउनका कारण सीमा नाका बन्द भएपछि दशगजा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाली नागरिक भएको प्रमाणित भएपछि नेपाल प्रवेश दिइने प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन्।