काठमाडौं। नेपाल ग्यासले आफ्नै उद्योग परिसरबाट उपभोक्तालाई ग्यास बिक्री गर्ने भएको छ। ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै बालाजु औद्योगिक क्षेत्रभित्र रहेको उद्योगबाट ग्यास बिक्री गर्न लागिएको हो । कम्पनीले निरन्तर डिलरसम्म ग्यास पुर्याउँदा पनि उपभोक्ता उद्योग परिसरमा आउन थालेपछि त्यहाँ आउनेलाई दिन थालिएको छ। कोरोना संक्रमणपछि ग्यासको माग बढ्दै गएपछि अभाव सुरु भएको थियो। बजारमा ग्यास जति पठाएपनि नपुग्ने अवस्था आएपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर बिक्री गर्न निर्देशन दिएको छ। त्यही निर्देशनका आधारमा उद्योगले आधा सिलिण्डर ग्यास भरेर बिक्री वितरण गर्दै आएका छन्।