लकडाउनमा भोकै बस्नुपर्‍यो ! ‘मेट्रो वान’ मा कल गर्नुहोस्

Health-Education

लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउने कामदार तथा विपन्न र गरिब परिवारमा समस्या बल्झिँदै छ । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ । लकडाउन जति दिन बढ्छ उनीहरुको दैनिकी थप कष्टकर हुँदै जान्छ ।

काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको छ भने अब महानगरीय प्रहरी कार्यालयको आवश्यक समन्वयमा अभावमा बस्न बाध्य सर्वसाधारणका लागि निःशुल्क खाद्यान्न उपलब्ध गराउने भएको छ । समस्या हुनेले सिधै मेट्रो वानमा फोन गरेर , प्रहरीको १०० नम्बर वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरे प्रहरीले आवस्तक समन्वय गरि राहत लिएर आउनेछ ।कसैले आफ्नो घरमा भएर पनि या किनेर खान सक्ने आए भने कारवाही गर्ने चेतावनी प्रहरीको छ । त्यसका लागि मातहतका प्रहरी प्रभाव र वृत्तले छानविन गर्न छन् । वास्तविक प्रभावितलाई मात्रै राहत दिइनेछ ।यो कार्यक्रम उपत्यकाको तीनै जिल्लामा लागू गरिएको छ ।