Gyanendra

पूर्वराजा ज्ञानेन्द्रद्वारा २ करोड सहयोग

Health-Education Politics

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले सरकारले गठन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा हिमानी कोषमार्फत २ करोड सहयोग गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रले विज्ञप्ति जारी गर्दै भनेका छन् – दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ।’

पूर्वराजाले अहिले विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको बताउदै देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको र मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भएको बताएका छन् ।

उनले भनेका छन् – ‘यो अबस्थाबाट मुक्त हुन लकडाउनू नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।’

पूर्वराजाले भनेका छन् – ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सन्चारकर्मी एबम पत्रकारहरूप्रती हामी आभारी छौँ ।’

पूर्व राजाले आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दु:को घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाएकोमा सराहना गरेका छन् ।

साथै उनले राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै  प्रभावकारी बनाउन अनुरोध गरेका छन् ।