वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आगामी दुई साता अझ दुखदायी हुने बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आउने दुई साता अमेरिकाका लागि निकै चुनौतीपूर्ण हुने बताएका छन् ।
उनले भने, ‘देशको अगाडी अभूतपूर्व चुनौती रहेको छ । जुन तपाईहरुले पनि देख्न सक्नुहुन्छ । हामी एक घातक भाइरसके साथ युद्ध लडिरहेका छौं । हामी एक साथ आफ्नो पुरै शक्ति लगाएर यो युद्द लड्नु पर्ने छ ।’
यसैबीच अमेरिकी कोरोना टास्क फोर्सका सदस्य एवं सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकामा कोरोनाबाट २ लाखसम्मको ज्यान जान सक्ने बताएका छन् ।
अमेरिकाले आगामी ३० दिन भित्र अमेरिकाले कोरोनाबाट मुक्ति पाउने गरि काम गरिरहेको बताएको छ ।
अमेरिकामा कोरोनाबाट अहिलेसम्म ३ हजार ८९० जनाको मृत्यु भएको छ भने अहिलेसम्म अमेरिकामा ८ लाख ५८ हजार ८९२ जना संक्रमित भएका छन् ।