काठमाडाैँ। बजारकाे प्रचलित रेट भन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको भन्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ।
मन्त्री ढकाल विरुद्ध आइतबार अख्तियारको वेबसाइट मार्फत विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले उजुरी दिएका हुन्। उजुरीमा‘मिडिया अनि आम नागरिकले प्रश्न उठिरहँदा पनि स्वास्थ्य मन्त्री अनि प्रधानमन्त्रीबाट जवाफ दिन नपर्ने भन्ने अभिव्यक्ति आउँदा थप शङ्का उब्जिएको देखिएको छ। साथै, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ। तसर्थ, यी छानबिनका विषय हुन्।’ भनेर उल्लेख गरिएकाे छ।