esewa

ईसेवाको प्रस्टीकरण

News

विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुव हामी खेद प्रकट गर्दै इसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कने सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कनै किसिमले न्यायोचित बभाएको उल्लेख गरेको छ ।११ वर्षदेखि भुक्तानी सेवा प्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग बसालेको इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको तथा इसेवाको संरचना,प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको भन्दै इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध रहेको जनाएको छ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेको तथा यसको अक्षरसः पालना गरेका पनि बिज्ञप्तिमा उल्लेख छ । साथै लकडाउनको विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि कर्मचारीहरु वर्क फर्म होम अन्तरगत २४ सै घण्टा सेवामा कटिबद्ध रहेको जानकारी बिज्ञप्तिमा उल्लेख छ । सेवाले विभिन्न अनलाइनमा श्रखलावद्ध रुपमा आएका समाचार र सामाजिक सञ्जालमा आएका धारनाहरुलाइ नियोजित रुपमा फैलाइएका अफवाह भन्दै प्रचारका पछि नलाग्न ग्राहक एजेन्ट सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गरेको छ ।