केहि दिनअघिसम्म कोरोना टेस्टका लागि चीनबाट मेडिकल सामग्री आउने चर्चा थियो , सरकारले रातारात सम्झौता गर्यो र सामान पनि ल्यायो तर सामान्य भन्दा बढी मुल्यमा सामान झिकाईएको कारणले सामान आएकै दिनबाट सरकारको आलोचना सुरु भयो । घटनाक्रम बढ्दै जाँदा सरकारले समान झिकाउन टेन्डर दिएको कम्पनिमाथि प्रश्न उठ्न थाल्यो , त्यसपछि त झनै सामानको गुणस्तरमा नै खोट निस्कियो र अन्त :त सरकारले ठेक्का रद्द गरेको घोषणा गर्यो ।
तर मेडिकल सामग्री आयात गर्न आइटी कम्पनीलाई ठेक्का दिने कार्य भ्रष्टाचार भन्दा पहिला हाँस्यास्पद बढी देखिन्छ …यो भ्रष्टाचार होइन लुट हो ।
स्वास्थ्य मन्त्रीले गत आइतबारको मन्त्रीमण्डलको बैठकमा यो निर्णयको डिफेन्ड गरेर प्रधानमन्त्रिलाई कन्फिडेन्ंसमा लिएर मन्त्रालयका तालुकदारहरुलाई सहि गर्न लगाएर चीनबाट सामान मगाए …
अब आइटी कम्पनीले ल्याएको मेडिकल सामग्री डुप्लिकेट पर्यो भनेर फेरी त्यहि मन्त्रालयले टेन्डर खारेज पनि गर्यो अनि धरौटी पनि खोस्यो …अब प्रश्न उठ्छ आइटी कम्पनीलाई मेडिकल सामग्री ल्याउन ठेक्का दिने मन्त्री र तालुकदार अनि गो अहेड भन्ने प्रधानमंत्री दोषी कि आइटी कम्पनी ???
यो गाइजात्रे नाटकको अर्को पाटो त्यो आइटी कम्पनीसँंग उठबस भएका ठुला ब्यक्तिहरुको नामबाट सुरु भएको छ, पिएमका आइटी सल्लाहकार अस्गर अलि , विष्ण्ु रिमालका छोरा र उप-प्रधान तथा रक्षा मन्त्रिका छोरा …जसको कुनै पनि कोणबाट ओम्नी कम्पनीमा कानुनी संग्लग्नता देखिदैन उनीहरु अहिले कथित मुख्य भ्रष्टचारीको रुपमा आलोचित हुदैछन् , पब्लिक सेन्टिमेन्ट पनि त्यस्तै छ तर चुरो कुरो यी नामहरु कानुनी रुपमा ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनलका संचालक वा लगानीकर्ता प्रमणित हुने देखिदैन । अब हिम चिम मा लुकेर के के गरे त्यो अर्को कुरा होला …मुद्दा अदालतमा गए सिधै अरोपितले सफाई पाउने देखिन्छ ।
यो काण्डको मुख्य पात्र स्वास्थ्यमन्त्री र टेंण्डरमा हस्ताक्षर कर्ता सचिब, सह-सचिबहरु हुन् जो अब यो ठेक्का सेनालाई दिएर पानी मुनिको ओभानो भैसके !
दुइ चार दिन अस्गर अलि लगयत अन्य आरोपितको ब्लड प्रेसर बढ्ने निश्चित छ त्यसपछि फेरी सामसुम ……
“मोबाइलमा ब्यालेन्स सकियो तेरो ईसेवा एकाउन्टमा पैसा छ भने त्रान्सफर गरि देन यार” यस्तै हो हाम्रो नेपाल !
– छुच्चो मुख