नेपालमा थप तीनजनामा कोभिड-१९ भएको पुष्टि : अहिलेसम्म संक्रमितहरुको संख्या नौ जना

Health-Education

काठमाण्डौ । नेपालमा कोरोना भाइरस कोभिड-१९ को संक्रमण नयाँ तीनजना व्यक्तिमा फेला परेको छ।

स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार भारातको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष मा कोभिड-१९ पोजेटिभ देखिएको हो।

कैलाली जिल्लाकै एक ३४ वर्षीय महिलामा कोरोना पुष्टि भएसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ। कैलालीकी यी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ।

त्यसैगरी, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषमा समेत कोरोना संक्रमण पुस्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो पटक थपिएकासँगै हालसम्म नेपालमा संक्रमितहरुको संख्या नौ जना पुगेको छ।