सुदुरपश्चिममा कर्फ्यु लगाउने तयारी

News

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ९ पुगेको छ।

शनिवार मात्र नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ कोरोना संक्रमित २ जना व्यक्ति भारतबाट आएका हुन्।

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखिएपछि प्रदेश सरकारले कर्फ्यु लगाउने तयारी गरेको छ।स्रोतका अनुसार प्रदेश सरकारले सबै प्रशासन कार्यालयहरुलाई कर्फ्यु आदेश जारी गर्न निर्देशन दिन लागेको बताइएको छ।