विश्व अर्थतन्त्रको विस्तार १ प्रतिशतमा सिमित हुने प्रक्षेपन

Economy

नेपालमा कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रले कस्तो गति लिन्छ भन्ने आँकलन अझै हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले व्यवसायीलाई राहत दिन बैंक कर्जाको पुनरतालिकीकरण र पुनर्संरचनाको सुविधा दिने भने पनि सरकारले क्षतिको आँकलन गर्न नसक्दा उक्त व्यवस्था कार्यान्वयमा आउन भने सकेको छैन। राष्ट्र बैंकको अनुसन्धान विभागले विभिन्न अध्ययन गरेर उक्त सुविधा कार्यान्वयन गर्ने भनिएको थियो। तर, सरकारले समष्टिगत आर्थिक अवस्थाको अध्ययन गर्ने भनेपछि व्यवसायीले राहत पाउने समय भने लम्बिने भएको छ।

हालसम्म नेपालमा कोरोनले भयाभह स्थिति लिइसकेको छैन तर मुलुकको समग्र आर्थिक सूचकमा कोरोनाले कस्तो प्रभाव पार्छ भनेर सरकारका विभिन्न निकाएले अध्यन गरिरहेको छ ।

यद्यपि, कोरोना संक्रमण कति समय लम्बिन्छ भन्ने पुर्वानुमान नहुँदै पश्चिमा अनुसन्धान संस्थाले सन् २०२० मा विश्व अर्थतन्त्र १ प्रतिशतभन्दा ज्यादा बढ्न नसक्ने प्रक्षेपण गरेका छन्। इकोनोमिस्ट इन्टिलिजेन्स युनिट नामक बेलायती संस्थाले गत बुधबार यस्तो प्रक्षेपण सार्वजनिक गरेको थियो। यो विश्व आर्थिक मन्दीपछिकै सबैभन्दा कम हो। भाइरस संक्रमण सुरु हुनुअघि विश्व अर्थतन्त्र २.३ देखि २.४ प्रतिशत बढ्ने अनुमान गरिँदै आएको थियो।

कोरोनाले संसारभरको आर्थिक गतिविधि ध्वस्त पारेको छ। अमेरिकी पत्रिका पोलिटिकोले कोरोन भाइरसका कारण संसारै बदलिने उल्लेख गरेको छ। यसले पछिल्ला वर्षमा ‘विश्व ग्राम’ भन्न थालिएको संसारको सघन सामिप्यतालाई खत्तम पार्नसक्ने उल्लेख गरेको छ। यो संक्रमणले संसारभरका मानिसको जीवनशैली, जनस्वास्थ्य प्रणाली, अर्थतन्त्र मात्र होइन, जनता र सरकारबीचको सम्बन्ध पनि पुनः परिभाषित गर्नसक्ने उक्त पत्रिकाले लेखेको छ।