लकडाउनको समयमा म्यानचेस्टर सिटिका डिफेन्डर काइल वाकरको ‘सेक्स पार्टी’

Sports

द सनको रिपोर्टले म्यानचेस्टर सिटि डिफेन्डर काइल वालाकरले लकडाउनको समयमा आफ्नो फ्ल्याटमा सेक्स पार्टीको आयोजन गरेको पुस्टि गरेपछि उनले माफी मागेका छन् । वाकर र उनका साथीले दुई महिला यौनकर्मीलाई मंगलबार साँझ  उनको फ्ल्याटमा आमन्त्रित गरेका थिए। तर रोचक कुरा सोहि दिन उनले  ट्वीटरमा आफ्ना १ मिलियन फलोवरहरूलाई कोरोनाभाइरसबाट बच्न लकडाउनका नियमहरू पालना गर्न आग्रह गरेका थिए। ‘कृपया सबैजना घरै बस्नुहोस्, एक अर्कालाई यो कठिन समयमा सम्पर्क गर्नुहोस् , उनीहरुको अवस्था बुझ्नुहोस् तर उनीहरूलाई भेट्न नखोज्नुहोस्,’ उनले पोस्ट गरेका थिए ।