जनकपुरधाम । जनकपुर उपमहानगरपालिका २, ३, ४, ८, ९ र ११ को वडा एरियामा लकडाउनको उल्लंघन गरी पटाका पड्काउने कार्यमा संलग्न रहेको अभियोगमा १४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका(४ डेरा गरी बस्ने बारा कलैया नगरपालिका २ घर भएका ३५ वर्षीय रामप्रकाश साह सहित १४ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।