लकडाउन ८ दिन थपियो

News

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रीपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि सरकारले चैत ११ गतेदेखी १८ गतेसम्म पहिलो चराणमा लकडाउन गरेको थियो भने गत चैत १६ गते बसेको मन्त्रीपरिषदको बैठकले २५ गतेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गरेको थियो ।