डोटीका अधिकांश क्वारेन्टाइन मापण्दण्ड विपरित

Health-Education

काठमाडाैं, २६ चैत । डोटीका अधिकांश क्वारेन्टाइन सरकारले तोकेको मापण्दण्डअनुसार छैनन् । उनीहरूलाई घर जानबाट रोकिए पनि एकै सिरकमुनि तीन–चार जना सुतिरहेका छन् । कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी अनिवार्य भनिएका बेला पहाडी जिल्लाका क्वारेन्टाइनमा एकै कोठामा भेडाबाख्रा खाँदेझैं मानिस राखिएका छन् ,गोठमा गोरु थुनेको जस्तो गरिएको छ ।’

गाउँमा कुनै पनि क्वारेन्टाइन सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिकाअनुसार सञ्चालनमा छैनन् । भारतबाट आएकाहरूलाई कोरोना संक्रमण नहोस् भनेर कम्तीमा पनि डेढ मिटर दूरी कायम गरी बस्नुपथ्र्यो । तर, एकै सिरक वा कम्बलमुनि तीन–चार जना सुत्नुपरेकाले उनीहरूमा अझ जोखिम देखिएको छ ।

पहाडका अधिकांश क्वारेन्टाइनमा व्यवस्थापकीय कमजोरी देखिएको छ । संक्रमण रोक्न र समुदायमा फैलिन नदिन राखिएका क्वारेन्टाइनबाटै संक्रमणको खतरा छ, राति झनै चिसो हुने भएकाले अधिकांश क्वारेन्टाइनमा ओढ्ने–ओच्छ्याउने कपडाको कमी छ भने साबुन, पानी, दाउरालगायत पनि समस्या देखिएको  छ।