यसपालीको बिस्का जात्रा सम्बन्धित गुथियारहरुले सामान्य पूजा आजामात्र गरेर जात्रा सीमित गरिने : भक्तपुर नगरपालिका
हाल संसारभरि नोवेल कोरोना भाइरस कोमिड-१९ को सङ्क्रमण तीव्ररुपमा फैलिरहेको, नेपालसमेत उच्च जोखिममा रहेको रत्य सको विरुद्ध सारा विश्व नै संघर्ष गरिरहेको अवस्था छ । नेपाल सरकारले २०७४ वैशाख ३ गतेसम्म लकडाउनको अवधि घोषणा गरेको सन्दर्भमा भक्तपुरको प्रसिद्ध बिस्का जात्रा बारे भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी , प्रहरि नायव उपरिक्षक ,गुठी संस्थानका प्रमुख र सम्बन्धित सरोकारवाला गुठी, समितिलगायतका संस्थाहरुको उपस्थितिमा चैत्र २६, २०७६ गते बसेको बैठकको निर्णय अनुसार बिस्का जात्राको द्यो क्वान बिज्याइगु जात्रा, ल्योसि ठानेगु जात्रा, ल्योसि कोथेगु जात्रा, भैल खः ल्वाकेगु जात्रा ,बाराहि र इन्द्रायणीको तिप्वा जात्रा, ब्रहमायणी र माहेश्वरी जात्रा, महाकाली र महालक्ष्मी जात्रा, द्यो स्वग वियेगु जात्रा, छुमा गणेश जात्रा र द्यो थाहाँ बिज्याइगु जात्रा लगायत टोल टोलमा हुने सम्पूर्ण जात्राहरुसंग सम्बन्धित देवी देवतालाई बाहिर ननिकालि द्यो: छे मै सम्बन्धित गुथियारहरुले सामान्य पूजा आजामात्र गरेर जात्रा सीमित गरिने निर्णय गरिएको व्यहोरा जानकारी गराउदै सम्पूर्ण नगरवासीहरु आ -आफ्नै घरमा सुरक्षित रहन अनुरोध गरेको छ ।