“यहाँ भोकको छ चिन्ता, तिमि कोरोना कोरोना गर्छौं !!! “

News

संसार अहिले कोरोना भाईरसका कारण आक्रान्त छ । लगभग सबै देशमा लक्दाउन गरिएको छ । यसै क्रममा नेपालमा पनि लक्दाउन जारि छ । किस्ता किस्तामा थपिदै गरिएको लक्दाउनले धनि र गरिब बीच स्पस्ट रेखा कोरिसकेको छ । विस्व महाशक्ति राष्ट्रहरुलाई घुडा टेकाएको छ कोरोनाले , लगभग सुन्य तयारी, सिमित श्रोत र साधन भएको हाम्रो जस्तो मुलुकमा लक्दाउनको विकल्प पनि छैन । त्यसमाथि पर्याप्त साधन श्रोतको कमि बीच सरकारले गर्नसक्ने सबै प्रयास गरेको छ भन्नुपर्छ तर बीच बिचमा राहत र स्वास्थ्य सामग्री खरिदमा समेत भ्रस्ताचारको खबरहरु ब्याप्त छ । सरकार अझै स्वास्थ्य सामग्री खरिद प्रक्रियामै ब्यस्त छ ।

यो सबै भईरहँदा समाजको एक वर्ग भोकले र अभावले पिडित हुन थालेको छ । वडा कार्यालयहरु अगाडी सामाजिक दुरीको वास्ता नगरी राहतका लागि धाईरहेका मानिसहरु यत्रतत्र देखिन्छन । सोझा साझा मजदूरर्वर्ग राहतका लागि कुरिरहेका देखिनछन, अझ हृदयाबिधारक दृश्य त राजमार्गमा देखिन्छ , लस्कर का लस्कर मानिसहरु हिंडेरै घर पुग्ने आसमा हिंडिरहेका छन् । यो सहरमा उनीहरु बाँच्दैनन भन्ने उनीहरुलाई लागिसकेको छ , बरु घरसम्म पुग्न पाए बांचिंछ कि भन्ने उनीहरुलाई छ । सरकारबाट आस मारिसकेका यी जनतालाई अरु केहि गर्न नसके पनि सरकारले कम से कम घर पुग्ने व्यवस्था गरिदे हुन्थ्यो कि ? ठुल्ठुला सेना र प्रहरीका सवारी साधन के  प्रदर्शन गर्नका निम्ति मात्र हो ?

भारतबाट पनि हिंडेर धेरै नेपाली फर्केका छन् , कोहि सिमापारी छन् , कोहि पौडी खेलेर पनि देश छिरेका छन् । यसै क्रममा राजमार्गमा हिंडेर घर पुग्ने अभियानमा रहेका एक नेपाली दाइलाइ हामीले सोध्यौं ? “हिंडेर घर पुगिन्छ त ? उनको जवाफ थियो ; “कोशिश नगरी मर्नु भन्दा कोशिश गर्छु “, हामीले अर्को प्रस्न गर्यौ – “यसरि खुलेआम हिंड्दै हुनुहुन्छ कोरोना संक्रमणको डर लाग्दैन “, जवाफ आयो – “यहाँ भोकको छ चिन्ता , तिमि कोरोना कोरोना गर्छौं “

पहिलोपल्ट – छुच्च्चो मुख नि:शब्द !  केहि समय अगाडी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले TWEET गर्नुभएको एउटा सब्द याद आयो ” भोकभाइरस “…..संगै कानमा गुञ्जियो त्यो वाक्य “यहाँ भोकको छ चिन्ता , तिमि कोरोना कोरोना गर्छौं “

– छुच्च्चो मुख

www.facebook.com/ChhuchhoMukh/

Twitter : @chhuchcho