
हिजो एउटा खबरले निकै प्राथमिकता पाएको थियो , खबर थियो- “दुइ दिन उपत्यका बाहिर जान चाहनेलाई जान दिने “, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फेसबुक पेजमा लेखिएको थियो ‘लकडाउनका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिन खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोली र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ।’

सोहि पोस्ट देखिपछि कतिपय संचार माध्यमले आधिकारिक धारणा मान्दै समाचार बनाउने क्रम चलिरहेको थियो। तर उक्त पोस्ट भएको केहि समयमा नै सम्पादन गर्दै ‘स्थानीय तथा प्रदेशस्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ।’ लेखेर पोस्ट अपडेट गरियो।

ईश्वर पोख्रेल र प्रधानमन्त्री कार्यालयको मत बाझिएसँगै सामाजिक संजालमा तीव्र आलोचना भइरहेको छ। सामाजिक संजालमा पोखरेलले सार्वजनिक संचार माध्यम र सामाजिक संजाललाई दोष दिँदै विज्ञप्ति जारी गर्ने र प्रधानमन्त्री कार्यलयले निर्णय फिर्ता लिइएको विषयलाई लिएर स्क्रिनसट भाइरल भएसँगै अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (Office of the Prime Minister and Council of Ministers – OPMCM – Nepal) नाम रहेको फेसबुक पेजएकाएक गायब भएको छ। पेज गायब भएसँगै सरकारको निर्णयमा थप शंका उत्पन्न भएको छ। प्रधानमन्त्री कार्यालयको उक्त पेजलाई फेसबुकले आधिकारिकतासमेत दिएको दिएको थियो। कोरोना त्रास बढ्दै जाँदा सरकारले पटकपटक समय थप गर्दै चैत ११ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ।

एकाएक पेज गायब भएसँगै सरकारको निर्णयमा थप शंका उत्पन्न भएको छ। प्रधानमन्त्री कार्यालयको उक्त पेजलाई फेसबुकले आधिकारिकतासमेत दिएको दिएको थियो। कोरोना त्रास बढ्दै जाँदा सरकारले पटकपटक समय थप गर्दै चैत ११ गतेदेखि वैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ।

