लकडाउनका कारण वायु प्रदुषण ह्वात्तै घटेकाले टाढा टाढा रहेका हिम शृंखलाहरु स्पष्ट देखिन थालेको छ। यस्तै भएको छ पञ्जावमा……. पञ्जावका जनताले ३० वर्षपछि अगाडि रहेको हिम शृंखला देख्न पाएका छन्। एक सय माइल टाढा रहेको उक्त हिम शृंखला देख्न पाएपछि उनिहरु दंग छन्। हिमान्चलमा रहेको धौलाधर हिमशृंखला देखिन थालेको हो। लकडाउनका कारण नयाँ दिल्लीमा पहिलो दिनमै ४० प्रतिशत प्रदुषण कम भएको तथ्यांक सार्वजनिक भएको थियो।
