सुलभ अग्रवालको पद खारेजी

News

सरकारले नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत समेत रहेका सुलभ अग्रवालको पद खारेजीको निर्णय गरेको छ ।

कूटनीतिक सुविधा र विशेषाधिकारको दुरुपयोग गरेपछि उनको पद खारेज गर्दै सो सम्बन्धको जानकारी किर्गिस्तानको सरकारलाई पठाइसकिएको परराष्ट्र मन्त्रालयको प्रोटोकल महाशाखाले जनाएको छ ।

सुलभ अग्रवालले पाएको सुविधाको दुरुपयोग गर्दै कालोबजारी गरेको फेला परेपछि परराष्ट्र मन्त्रालयले बुधबार साँझ नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने निर्णय अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरेको थियो ।