टिक-टक जस्तै एप ल्याउँदै युट्युव

Interesting

युट्युवले ‘ शर्ट्स’ नामक भिडियो एप ल्याउने भएको छ । सन् २०२० का अन्त्यसम्म उक्त एप सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

यो युट्युवको एप्लिकेसनमा नै उपलब्ध हुनेछ । ‘शर्ट्स’ मा प्रयोगकर्ताले टिकटकमा जस्तै छोटो भिडियो अपलोड गर्न सक्नेछन् जुन फीडको रुपमा रहने बताइएको छ । यसमा प्रयोगकर्ताले युट्युवको म्युजिकको क्याटलग समेत प्रयोग गर्न सक्नेछन् । जसको लाइसेन्स युट्युवसँग रहेको छ ।

टिकटकले पाएको सफलतापछि छोटो भिडियो एप सार्वजनिक गर्ने लहर नै चलेको छ ।