भारतको पंजावस्थित पतियालामा ४ जना निहांग सिखहरुले पंजाव प्रहरीका सब इन्स्पेक्टरको हात काट्नुका साथै केहि प्रहरीहरुलाई पनि घाइते बनाईदिएका छन् । सो मामिलामा पंजाव पुलिसले ७ जना लाइ हिराशतमा लिईसकेको छ । पतियाला स्थित एक तरकारी बजारमा प्रवेस गर्न खोज्दा उनीहरुलाई पास नभएका कारण तरकारी बजारका अधिकारिहरुले रोक्ने खोजेका थिए तर उनीहरुलाई पिट्दै भित्र छिरेका ति शिखहरुको सामना प्रहरीसंग भयो र उनीहरुलाइ प्रवेश गर्न रोक��न गएका प्रहरी सब इन्स्पेक्टरको हातै काटिदिए ।
निहांग शिख समुदाय लडाकु सिख समुदाय हो । परापूर्वकालमा उनिहरु शिख साम्राज्यका गोरिल्ला लडाकु दस्ता मानिन्थे । इतिहास हेर्दा निहांग सिखहरु कुशल योद्धाक रूपमा बर्णन गरिएको छ ।