काठमाडौं । लकडाउनको कारण रक्सीको अभावमा एक ३५ वर्षीय मानिसले स्यानिटाइजर पिएका छन् । लकडाउनको कारण बजार बन्द भएपछि उनी हैरान भएका थिए ।
उनी काम गर्ने कार्यालयले कर्मचारी तथा अन्य मानिसलाई हातमा लगाउनको लागि स्यानिटाइजर उपलब्ध गराएको थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण भारत सरकारले सबै ठाँउमा लकडाउन गरेको छ । जसका कारण तमिलनाडुमा रक्सी पसलहरु बन्द भए ।
जसकाकारण बनार्डलाई आफ्नो लत छाड्न निकै मुस्किल परेको थियो । बनार्डकी श्रीमती प्रियाका अनुसार उनी यो घटना हुँदा घरै थिइन् र लगत्तै श्रीमान्लाई अस्पताल लिएर गएकी थिइन् ।
उपचारका लागि उनकी श्रीमतीले उनलाई अस्पताल पुर्याइन । सेनिटाइजर सेवनकै कारण यी व्यक्तिको मृत्यु भएको छ ।