काठमाडौ । कोरोनाभाइरस संक्रमणको बीच आइतबार साँझ भारतको राजधानी दिल्ली र एनसीआर क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । दैनिक भास्करमा उल्लेख भए अनुसार यो ३.५ रेक्टर स्केलेको सामान्य भुकम्प थियो । राष्ट्रिय भुर्गभ केन्द्रका अनुसार भूकम्प साँझ भारतीय समयनुसार ६ बजे नजिक गएको थियो । भूगर्भविद्हरूका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिन भित्र ८ किलोमिटर रहेको छ । धेरै मानिसहरू थरथर जमिन काँपेको महसुस गरेर घरबाट बाहिर निस्केका थिए । यसले तुरून्त सामाजिक दूरीमा खतरा निम्त्यायो । यद्यपि यस्तो परिमाणको कुनै भूकम्पले ठूलो क्षति हुने भविष्यवाणी गरिएको छैन । लकडाउनको समयमा यसरी आएको भुकम्पले निम्ताउने क्षतिबारे सोच्न पनि गाह्रो छ । अहिले सिंगो भारत बन्द भएको बेला सबै मान्छेहरु घरमा थुनिएका छन् ।
दिल्ली र गाजियाबाद, नोएडा, ग्रेटर नोएडामा भूकम्पको अधिक धक्का महसुस गरिएको थियो । भूकम्पको पराकम्प ५ सेकेन्डको लागि महसुस गरियो । पूर्वी दिल्लीमा यसको केन्द्रबिन्दु थियो, त्यसैले यहाँका अधिकांश मानिसहरूले महसुस गरे । दिल्ली–एनसीआरमा भूकम्पको धक्का महसुस भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गरेर प्रार्थना गरेका छन् । उनले लेखेका छन, ‘आशा छ कि सबै सुरक्षित छ । म सबैको सुरक्षाको लागि प्रार्थना गर्दछु ।’विश्वमा अहिलेसम्म भयानक रुपमा गएको भुकम्प ९.४ रेक्टर स्केलको थियो । जुन २२ मे १९६० मा चिलीमा गएको थियो । जस्लाई विश्वमा अहिलेसम्मकै सबैभन्दा भयानक भूकम्पको रुपमा याद गर्ने गरिएको छ । चिली पछि दोस्रो सबैभन्दा ठूलो भूकम्प संयुक्त राज्य अमेरिकामा आएको थियो । २८ मार्च १९६४ मा ९.२ रेक्टर स्केल परिमाणको भूकम्प अमेरिकामा आएको थियो । यसले अलास्का, प्रिन्स विलियम साउन्ड लगायत क्षेत्रलाई तहसनहस पारेको थियो ।
भूगर्भविद्हरूका अनुसार भूकम्पको वास्तविक कारण टेक्टोनिकल प्लेटहरूमा तीव्र गतिशीलता हुनु हो । यस बाहेक, उल्का प्रभाव र ज्वालामुखी वि स्फोट, खनिज परीक्षण र आणविक परीक्षणको कारण पनि भूकम्पहरू आइरहने गर्छन । डा अरुणले भने कि भूकम्पको तीव्रता रेक्टर स्केलमा नापिन्छ । यस मापनमा २.० देखि ३.० परिमाणको भूकम्प हल्का हुन्छ । तर ६ रेक्टर स्केल परिमाणको मतलब शक्तिशाली भूकम्प हुन जान्छ । वैज्ञानिक डा अरुण वर्णन गर्छन् कि पृथ्वी चार तहबाट बनेको छ । आन्तरिक कोर, बाहिरी कोर, आवरण र क्रस्टले पृथ्वी बनेको हुन्छ । क्रस्ट र माथिल्लो आवरणलाई लिथोस्फेरस भनिन्छ । लिथोस्फियरको ५० किलोमिटर मोटो तह हुन्छ । यी तहहरूलाई सेक्सनमा विभाजन गरेर टेक्टोनिकल प्लेटहरू भनिन्छ । भूकम्प तब आउँछ जब यी टेक्टोनिकल प्लेटहरूमा हलचल तीव्र हुन्छ ।