थप २ जनामा कोरोना संक्रमण फेला

Health-Education

काठमाडौं, १ वैशाख । नेपालमा कोरोनाका थप दुईजना संक्रमित फेला परेका छन् । यीसँगै कोरोनाका संक्रमित नेपालमा १४ जना पुगेका छन् । यसअघि वीरगन्जमा रहेका ३ जनामा कोरोना देखिएको थियो भने आज भएको परीक्षणमा कैलाली लम्कीकी ६५ वर्षीय महिला र रौतहटका एक १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।