पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका

Health-Education

तीनैजना बेलायतबाट आएको खुलेको छ।

काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई कोरोना  संक्रमणको आशंका गरिएको छ ।   स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना संक्रमणको आशंका गरिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।  चैत ५ गते उक्त परिवार लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना संक्रमणको आशंका  गरिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ। प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।