आईपीएल अनिश्चिकतकालका लागि स्थगित

Sports

एजेन्सी, ३ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल टि–ट्वान्टी क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको छ । भारत सरकारले लकडाउन थप तीन साता लम्ब्याएपछि अप्रिल १५ देखि हुने भनिएको आईपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई बुधबार जानकारी गराएको छ । आईपीएलको नयाँ मितिका बारे कुनै उल्लेख गरिएको छैन ।

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले संकटका बेला खेल प्राथमिकतामा नरहने भन्दै आइ पिएल अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका छन् । बीसीसीआईले आईपीएल स्थगित मात्र भएको तर रद्द भइनसकेको उल्लेख गरेको छ ।

अब आईपीएल सेप्टेम्बर वा नोभेम्बरमा गर्ने सक्ने विकल्प छ । त्यसका लागि आईसीसीसँगको सहकार्यमा एसियाक कप लगायत अन्य ठूला प्रतियोगिता मिलाउनु पर्ने हुन्छ ।