कोरोनाको त्रासका बीच इटालीमा फक्रिदै एउटा प्रेमकथा

Interesting

काठमाडौं ।  कोरोनाले असर गरेको प्रमुख देश  इटालीमा  लकडाउनकै बीच एक जोडीको रोमान्टिक प्रेम कथा बाहिर आएको छ ।३८ बर्षिय मिशेल डि अल्फासो आफ्नो घरको सामुन्ने बस्ने ३९ बर्षिय पाओला एन्गेलीको प्रेममा परेको बिबिसीले उल्लेख गरेको छ ।

इटालीमा अहिले हरेक साँझ ६ बजे सबै आफ्नो बाल्कोनीमा आएर म्युजिक बजाउने, गाउने र सुन्ने नियमित रुपमा गरिरहेका छन् । यसैक्रममा आमने सामनेको घर रहेका मिशेल र पाओलाबीच प्रेम भएको हो ।

पाओला अपार्टमेन्टको छैठौ तलामा र त्यसको अपोजिट अपार्टमेन्टमा मिशेल सातौ तलामा बस्ने गर्दछन । भोईलिन बजाउने आफ्नी बहिनीलाई सहयोग गर्न बाल्कोनीमा आएकी पाओलाले जब मिशेललाई देखिन त्यसपछि उनीहरुको पहिलो नजरमा नै प्रेम भएको बिबिसीलाई बताएकी छन् । उनकी बहिनी लिजा एन्गेलीले आफुले हरेक दिन साँझ भोईलिन बजाउथे, १७ मार्चमामा दुवैबीच देखा देखकै क्रममा प्रेम भयो ।

त्यस्तै पाओलाले आफ्नो अनुभव बताउदै बिबिसी रेडियोलाई भनेकी छन् – ‘म बहिनीको मद्दतका लागि बा���्कोनीमा पुगेकी थिए । त्यसै बेला मैले सामुन्नेको बाल्कोनीमा रहेको मिशेललाई देखे । पहिलो नजरमा नै मलाई उ निकै ह्यान्डसम रहेको ख्याल आयो र उप्रति प्रेम भयो ।’

मिशेलले पाओलालाई देखेकै दिन इन्स्टाग्राममा पाओलालाई खोजे र एक संदेश पठाए ।

पाओलाले भनिन् – ‘ म्युजिक सकिएपछि मैले इन्स्टाग्राममा एक संदेश देखे । त्यो मिशेलको थियो । उनले संदेशमा लेखेका थिए – ‘मैले एक किताब लेख्न सक्छु, जसको नाम हुने छ, कोरोना भाइरसको क्रममा प्रेम ।’

त्यो रात उनीहरु एक अर्कालाई सन्देस पठाउदै बिताएको दुवै बताउछन् । सोहि क्रममा दुवैले एक अर्काको सोचाइ मिल्ने महसुस गरेको बताएका छन् ।

सो कुराकानी पछि मिशेलले पाओलाको नामको एक ब्यानर आफ्नो बिल्डिङको छतमा लगाएका छन्, जसलाई पाओलाले निकै मनपराईन ।

अहिले उनीहरुको प्रेम इटालीमा चर्चित हुदै छ । आमने-सामने रहने भएपनि उनीहरु अहिले सामाजिक दुरी बनाउदै नभेटने बताएका छन् । पेशाले मिशेल बैंकर हुन्, जो एकै दिन धेरै जनाको सम्पर्कमा आउछन्, त्यसैले पनि उनीहरुले अहिले नभेट्ने निर्णय गरेको बताउछन् । मिशेलले बिबिसीसँग बताएका छन् यो सम्बन्धमा उनले जादु जस्तो महसुस गरेका छन् ।