उपत्यका छाडेर गाउँ जान हिंडेका पैदल यात्रुहरु बाटोमै अलपत्र

News

काभ्रे, वैशाख ०४ः काठमाण्डौ उपत्यका छाडेर गाउँ जान हिंडेका पैदल यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना प्रकाशित गरी अतिआवश्यक काम बाहेकका यात्रुलाई समेत आवत जावत गर्न रोक लगाएपछि जिल्ला प्रवेश गर्ने मुख्य नाका साँगामा यात्रुहरु अलपत्र परेका हुन् ।काभ्रे हुँदै उदयपुर जिल्ला सम्मको यात्रामा निस्किएका पैदल यात्रुहरु साँगामा तनावपूर्ण अवस्थामा बसेका छन् ।