उदयपुर र चितवनमा कन्ट्याक्ट ट्रेसिङ सुरुः स्वास्थ्य मन्त्रालय

News

काठमाडौं, वैशाख ०६ः उदयपुर र चितवनमा हिजो १४ जना संक्रमित भेटिएपछि सो क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पिसिआर प्रविधिबाट बाट ६ सय २ र तीब्र परीक्षण किटबाट २ हजार ८ सय ८९ जनामा कोरना परिक्षण गरिएको छ ।

अहिलेसम्म पिसिआर ८ हजार १७ जना र आरडिटि १९ हजार ४ सय ५४ जना परीक्षण गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

क्वारेन्टाईनमा ४ हजार ५ सय ३६ जना र आईसोलेसनमा १ सय १७ जना छन । आईसोलेसनमा रहेका मध्ये काठमाण्डौमा ५ जना र काठमाण्डौ बाहिर १ सय १२ जना रहेका छन् ।