काठमाडौँ, ७ वैशाख। भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) नौ महिनासम्म देशले ९ खर्ब ३ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोरेको उल्लेख रहेकाे छ।
यस नाै महिनाकाे अवधिमा १० खर्ब ६१ अर्ब ३५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा ९ खर्ब ८२ अर्बको आयात देखिएको छ। विभागले चालू आर्थिक वर्षको ९ महिनामा जम्मा ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको निर्यात भएको जनाएको छ। साथै, ५९ अर्ब ३९ लाखको सावारी साधन आयात भएको छ भने १ खर्ब ६१ अर्बको पेट्रोलियम पदार्थ आयात भएको देखिएकाे छ। भन्सार विभागका अनुसार चैतसम्म २ खर्ब ४४ अर्ब राजस्व उठेको छ।