काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित हुदैं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रेडियो नेपालको एक कार्यक्रममा व्यक्त गरेको विचारले आफूहरू दुखी भएको रेडियो प्रसार सेवा विकास समितिले जनाएको छ। आज बिहान ६ः३० बजे रेडियो महाशाखा प्रमुख नवराज लम्सालद्वारा सञ्चालित कार्यक्रम अन्तरसंवादमा भट्टराईले प्रयोग गरेको भाषा र विचारले आफूहरूलाई दुखी तुल्याएको भन्दै समितिका अध्यक्ष सुरेश कुमार कार्कीले विज्ञप्ति मार्फत क्षमा मागेका छन्।
कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोले चाहेरै पनि आफूहरू सम्पादन गर्न नसकेको जनाँउदै आँउदा दिनमा यसखाले कमजोरी नहुने विज्ञप्तिमा उल्लेख छ।
साथै आउने दिनमा अतिथि चयनको सवालमा बडो सावधानी अपनाइने पनि विज्ञप्तिमा उल्लेख छ।
यस्तै आफ्नो वेबसाइटबाट समेत रेडियो नेपालले उक्त अन्तरवार्ता हटाइसकेको छ।

२०७७ बैशाख १५ गते रेडियो नेपालको अन्तरसंवादमा प्रशारित बाबुराम भट्टराईसँगको अन्तरवार्ता
२०७७ बैशाख १५ गते रेडियो नेपालको कार्यक्रम अन्तरसंवादमा प्रशारित र बालुवाटारको दबाबपछि रेडियो नेपालको अनलाइनबाट हटाइएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँगको अन्तरवार्ता
Posted by Bishwadeep Pandey on Monday, April 27, 2020