
अभिनेता इरफान खान न्यूरोएन्डोक्राइन ट्यूमरसँग दुई वर्षदेखि लड़द्दै थिए । उनको मृत्यु मुम्बईको कोकिलाबेन धीरूभाई अम्बानी अस्पतालमा भएको थियो । उनको मृत्युको समाचार सब भन्दा पहिले फिल्म निर्माता शुजित सिरकरले दिएका थिए ।
पछिल्लाे केही दिनदेखि इरफानकाे स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे । अस्पतालमा भने मंगलवार इरफान कोलोन संक्रमणको कारण भर्ना भएका थिए ।
गत शनिवार उनकी आमाको निधन भएको थियो ।
निर्देशक शूजित सरकारले ट्विटमा लेखेका छन्, ‘मेराे साथी इरफान, तपाईँले धेरै लड्नुभयाे, मलाई तपाईँप्रति सधैँ गर्व रहनेछ । हामी अर्काे पटक फेरि भेट्नेछाैँ । ईश्वरले तपाईँकाे आत्मालाई शान्ति प्रदान गरुन् र तपाईँकाे परिवारलाई पनि सहनशक्ति प्रदान हाेस् ।’
My dear friend Irfaan. You fought and fought and fought. I will always be proud of you.. we shall meet again.. condolences to Sutapa and Babil.. you too fought, Sutapa you gave everything possible in this fight. Peace and Om shanti. Irfaan Khan salute.
— Shoojit Sircar (@ShoojitSircar) April 29, 2020
इरफान खानले आफ्नाे अभिनय काैशलका कारण बलिवुडमा छुट्टै छाप छाेडेका थिए ।
मकबूल, लन्च बक्स, पीकू, पान सिंह ताेमरले छुट्टै पहिचान दियाे
सन् १९८८ मा आएकाे मीरा नायरकाे फिल्म सलाम बम्बे बाट इरफानले सुरुवात गरेका थिए । पछि उनले ‘मकबूल’, ‘लाइफ इन अ मेट्राे’, ‘द लन्च बक्स’, ‘पीकू’, ‘तलबार’, ‘हिन्दी मिडिमय’ जस्ता फिल्ममा काम गरे । उनले ‘हासिल’ (नेगेटिभ राेल), ‘लाइफ इन मेट्राे’ (बेस्ट एक्टर), ‘पान सिंह ताेमर’ (बेस्ट एक्टर क्रिटीक) र ‘हिन्दी मिडियम’ (बेस्ट एक्टर) का लागि फिल्मफेयर अवार्ड जितेका छन् ।